थामे बाढी : उद्धारमा जुटे सुरक्षाकर्मी (फोटोफिचर)


काठमाडौं ।

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले क्षति गरेको थामे गाउँमा सुरक्षाकर्मी पुगेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरिएको जनाइएकाे छ । प्रहरीका अनुसार बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता छन् ।