जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ


काठमाडौं।

काठमाडौं महानगरपालिका-२४ ईटुम्वहालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भारत कोलकत्ता घर भएका ३६ वर्षीय मन्टु भुक्ता समेत ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७३ हजार ८ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।