विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको आग्रह


काठमाण्डौं। 

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कताबिचको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको छ ।

भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे ।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे ।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतार बिच सहकार्य बढाउनु पर्नेमासमेत मन्त्री लेखकले जोड दिए।

त्यसैगरी राजदूत अलान्सारील विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए ।

कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसा समेत राजदूतले गरेका थिए ।