पाटन अदालतका न्यायाधीश रेग्मीको निधन


ललितपुर । 

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

 
मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायाधीश रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो ।

उच्च अदालत पाटनले का सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको हो ।

 न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।