पहिरोका कारण अवरुद्ध दाउन्ने सडक पुनः सञ्चालनमा

846
Shares

नवलपरासी ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक सञ्चालनमा आएको छ। सडकमाथि पहिरो खसेपछि केही समयका लागि यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले पहिरो पन्छाएर एक तर्फी  सडक खुला गरिएको हो। 

सडकको माथिल्लो भागबाट झरेको लेदो माटो एक्साभेटरले हटाई एक तर्फी सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।  गए रातिको वर्षासँगै रूख पात सहित लेदो सडकमा खसेपछि सडक अवरुद्ध भएकाे थियो ।