विश्व व्यापारमा भारतको साम्राज्य खडा गर्ने चर्चित भारतीय उद्योगपतिहरू

94
Shares

भारतमा अहिले विश्वप्रसिद्ध उद्योगी व्यापारी छन्, जसले विश्वभर आफ्नो व्यापार साम्राज्य निर्माण गरेका छन् । भारतका आर्थिक साम्राज्यसँगै उनीहरूको पनि साम्राज्य विस्तार हुँदै गएको छ । त्यसका निम्ति उनीहरूले उपभोक्तासँग विभिन्न माध्यमद्वारा प्रत्यक्ष सम्पर्क बनाएका छन् ।
भारतको आर्थिक साम्राज्यमा टाटा समूह, अडानी समूह, रिलायन्स समूह, महिन्द्रा समूह, बजाज समूहलगायत धेरै व्यावसायिक घरानाको हात छ । उनीहरूको उत्पादनमात्रै होइन, उनीहरूको व्यक्तित्वले पनि व्यापक चर्चा पाउने गरेको छ ।

रतन टाटा
भारतमा मात्रै नभई विश्वभर परिचित रतन टाटा अन्य व्यापारीभन्दा फरक छन् । आममानिससँग जोडिन सिपालु उनी आफ्ना कर्मचारीको बीचमा बसेर काम गर्न कुनै हिचकिचाहट मान्दैनन् ।

टाटा स्टिलमा एक सामान्य कर्मचारीको रूपमा करियर शुरू गरेका उनले ९० को दशकको शुरूमा सम्पूर्ण समूहको जिम्मेवारी लिए । सर्वसाधारणको कारको सपना पूरा गर्न उनले टाटा नानो लन्च गरेका थिए । त्यो गाडी फ्लप भए पनि सर्वसाधारणसम्म पु¥याउन उनी आफैँ चलाउन थाले । ताज होटलमा आतंकवादी आक्रमण भएपछि उनी आफैँ पीडितलाई भेट्न गए र उनीहरूलाई पूर्ण सहयोग गरे । उनले आक्रमणबाट प्रभावित होटल वरपरका सडक बिक्रेतालाई पनि मद्दत गरे । अहिले उनले देशका युवा र स्टार्टअपलाई प्रवद्र्धन गरिरहेका छन् जसले बजारमा नयाँ आइडिया ल्याइरहेका छन् ।

धिरुभाई अम्बानी
भारतका धनाढ्य मुकेश अम्बानीका बुबा धिरुभाई अम्बानी हुन् । जसले मुकेश अम्बानीको सयौं बिलियन डलरको रिलायन्स साम्राज्यको जग बसालेका थिए । रिलायन्सले रिलायन्सको सेयर होल्डरलाई हरेक वर्ष विशेष उपहारसहित लाभांश दिने गर्दथ्योे । सन् १९९० को दशकमा धिरुभाई अम्बानीले हरेक वर्ष देशका लाखौं शेयरधनीलाई लाभांशपत्रको साथ विमल कपडाको छुट कुपन पठाउने गर्थे । लाखौं शेयरधनी यो विशेष उपहारको पर्खाइमा हुन्थे, यद्यपि पछि यो बन्द भयो । अहिले मुकेश अम्बानीले यो परम्परालाई फेरि शुरू गर्दै आफ्ना शेयरधनीलाई रिलायन्स अस्पतालको छुट कुपन पठाउन थालेका छन् । जहाँ उनीहरूले उपचारमा १५ प्रतिशत छुट पाउनेछन्।

गौतम अडानी
भारतको अहमदाबादस्थित चावलमा जन्मेका गौतम अडानी विश्वका शीर्ष १० धनी व्यक्तिमध्ये एक हुन् । मुम्बईमा हीराको कारोबारबाट काम शुरू गरेका गौतम अडानीले विश्वको सबैभन्दा ठूलो हरित ऊर्जा उद्योग स्थापना गर्ने घोषणा गरेका छन्। हालै आफ्नो जन्मदिनमा उनले ६० हजार करोड रुपियाँ दान गर्ने घोषणा गरेका थिए ।
उनको व्यवसाय संसारभर फैलिए पनि उनी अझै पनि अहमदाबाद अर्थात् गुजरातलाई आफ्नो जन्मस्थल र कर्मस्थल मान्छन् । अडानी समूहको मुख्यालय अहमदाबादमा मात्रै छ । उनी भन्छन्, ‘जसले मलाई पालनपोषण गरेर सफल बनायो, यो ठाउँ कसरी छोड्न सक्छु ?’

आनन्द महिन्द्रा
भारतको चर्चित व्यापारिक समूह महिन्द्राको सीईओ आनन्द महिन्द्रा महिन्द्रा एन्ड महिन्द्राको अध्यक्ष पनि हुन् । पछिल्लो दशकमा उनकै कारण महिन्द्रा समूहले धेरै वृद्धि गरेको छ । उनी सामाजिक सञ्जाल ट्वीटरमा निकै सक्रिय छन् । उनीप्रति सर्वसाधारणको पनि धेरै विश्वास छ । उनले देशमा कुनै पनि प्रकारको नवीनता देख्नेवित्तिकै यसको प्रशंसामात्र गर्दैनन्, तर यसको प्रचार पनि गर्छन् र उनीहरूलाई महिन्द्रा कार उपहार पनि दिन्छन् । यसका साथै उनी सामाजिक सञ्जालमा आफ्नो उत्पादनको प्रचार गर्छन् । यसले व्यवसायसँग उनको व्यक्तिगत सम्बन्धलाई स्पष्टरूपमा देखाउँछ ।

राहुल बजाज
भारतको बजाज समूह अहिले धेरै क्षेत्रमा अगाडि बढिरहेको छ । कुनै समय दुईपांग्रेको नाम लिँदा धेरैैैैको मनमा बजाजको नाम आउँछ । बजाज स्कुटर गुडगाउँको एक सेडबाट शुरू भएको थियो, त्यसपछि देशमा दुईपांग्रे सवारी क्षेत्रमा क्रान्ति भयो। मानिसहरूले स्कुटर बुक गरेर घर ल्याउन वर्षौं लाग्थ्यो ।

यसका लागि राहुल बजाजले पनि निकै मिहिनेत गरेका छन् । सन् १९६० मा बजाज अटोको नेतृत्व सम्हालेपछि उनले बजाजलाई हरेक घरको आवश्यकता बनाउन कुनै कसर छाडेनन् ।