यी हुन् विश्वमा सर्वाधिक धेरै हेरिएका १० भिडियो

0
Shares

अहिले निकै नै लोकप्रिय बनेकोे भिडियो सञ्जाल युट्युबको सुरुवात सन् २००५ मा भएको हो।
पहिलेपहिले भिडियो फिल्म, फिल्म, टेलिभिजन तथा टेपमा भिडियो हेरिन्थ्यो। युट्युबको स्थापनासँगै भिडियोको दुनियाँमा नयाँ क्रान्ति छायो। यस्तो क्रान्ति आयो कि पछिल्लो समय लोकप्रियता मापन गर्ने साधन नै युट्युब भएको छ। युट्युबको पहिलो भिडियोको कुरा गर्नुपर्दा सन् २००५ फेब्रू्अरी १४ मा च्याड हर्ले, स्टिभ चेन र जावेद करिमले युट्युबको सुरुवात गरेका थिए। जसको करिब डेढ महिनापछि मी एट द जु शीर्षकमा एक भिडियो अपलोड भएको थियो। १९ सेकेन्डको त्यो भिडियो जावेद करिमले अपलोड गरेका थिए। त्यो भिडियो उनको साथी याकोब लापित्स्कीले खिचेका थिए, जुन दृश्यमा जावेद र उनको पछाडि चिडियाखानामा हात्तीको दृश्य देखिन्छ। विश्वमै सबैभन्दा बढी हेरिएको १० वटा भिडियो भने यस प्रकार रहेका छन् :

१. बेबी सार्क

युट्युब भ्युज : १४.९१ बिलियन

बेबी सार्क बालबालिकाका लागि तयार पारिएको लोकप्रिय बालगीत हो। सन् २०१६ मा युट्युबमा अपलोड गरिएको यस भिडियोमा सरल शब्द प्रयोग गरिएको छ। जसका कारण सो गीत बालबालिकामा मात्र नभई युवामाझ पनि लोकप्रिय छ। यसले हालसम्म १४.९१ बिलियन भ्युज कमाइसकेको छ।

२. डेस्पासितो

युट्युब भ्युज : ८.५१ बिलियन

डेस्पासितो स्पेनिस भिडियो हो। स्पेनिस भाषामा तयार भए पनि यसमा सर्वाधिक भ्युज दिलाउन भने विश्व जनसख्याकै हात छ। सन् २०१७ मा रिलिज भएको यो भिडियो सो वर्षको सर्वाधिक चर्चित भिडियोमा समेत पर्दछ। लुइस फोन्सीको संगीत रहेको भिडियोमा लुइस फोन्सी र ड्याडी यांकीको स्वर रहेको छ भने लुइस फोन्सी, एरिका इन्डर, र्यामोन अयालाको अभिनय रहेको छ। हालसम्म यसको भ्युज ८.५१ बिलियन रहेको छ।


३. जनी जनी यस पापा

युट्युब भ्युज : ६.९ बिलियन

युट्युवमा सर्वाधिक भ्युज कमाउने भिडियोको तेस्रो नम्बरमा जनी जनी एस पापा छ। बालबालिकामाझ लोकप्रिय यो गीत लुलु किड्सनामक युट्यूबमार्फत सार्वजनिक भएको हो। यसको भ्युज करिब ६.९ बिलियन रहेको छ।

४. बाथ सङ

युट्युब भ्युज : ६.८१ बिलियन

कोकोमेलनकै अर्को नर्सरी बाथ सङ रहेको छ। बच्चाहरूलाई नुहाउन सिकाउने यो भिडियो अंग्रेजी भाषामा छ। जसको भ्यू ६.८१ बिलियन रहेको छ।


५. सी यू अगेन

युट्युब भ्युज : ६.३५

चर्चित अमेरिकी ¥यापर विज खालिफाको सी यू अगेन बोलको गीत भने पाँचौं नम्बरमा पर्छ। मित्रता र बिदाइको भावमा रचिएका शब्दका कारण पनि यो गीतलाई धेरैले मन पराएका छन्। सन् २०१३ मा कार दुर्घटनामा ४० वर्षको उमेरमा निधन भएका अमेरिकी अभिनेता पाउल वाकरको श्रद्वाञ्जलीको निम्ति गाइएको गीतमा गायक चार्ली पाउथलाई फिचर गरिएको छ। जसको हालसम्म ६.३५ भ्युज गएको छ।

६. ह्विल्ज अन द बस

युट्युब भ्युज : ६.४० बिलियन

कोकोमेलनले बालबालिकाका लागि निर्माण गरेको गीत ह्विल्ज अन द बस पनि युट्युवमा सर्वाधिक भ्युज बटुल्न सफल भिडियो हो। बालबालिकालाई बसको बारेमा रमाइलो तरिकाले जानकारी दिने भिडियोको भ्युज ६.४० बिलियन रहेको छ। भ्युजको आधारमा यो ७ नम्बरमा आउँछ।


७.सेप अफ यू

युट्युब भ्युज : ६.३० बिलियन

चर्चित गायक एड सिरनको गीत सेप अफ यू सर्वाधिक हेरिएको भिडियोको छैठौं नम्बरमा पर्छ। हालसम्म युट्युबमा यो भिडियो ६.२ मिलियन पटक हेरिएको छ।

८. फोनिक्स सङ विथ टु वडर््स्

युट्युब भ्युज : ५.९२ बिलियन

बालबालिकाकै लागि तयार गरिएको फोनिक्स सङ विथ टु वडर््स सिकाइसम्बन्धी भिडियो हो। जसमा बालबालिकाको अंग्रेजी अक्षर सिकाइमा मद्दत गर्छ। चुचु युट्युब च्यानलमार्फत सार्वजनिक भिडियो हालसम्म ५.९२ बिलियन भ्युज रहेको छ। यो सर्वाधिक हेरिएको आठौं भिडियोअन्र्तगत पर्दछ।

९. अपटाउन फङ्क

युट्युब भ्युज : ५.२९ बिलियन

मार्क रोन्सन र ब्रुनो मार्सको अपटाउन फंङक बोलको गीत सर्वाधिक हेरिएको भिडियोको नम्बर ९ मा पर्छ। सन् २०१४ मा रिलिज भएको यो गीत रमाइलो शैलीमा निर्माण भएको छ। यसको भ्युज ५.२९ बिलियन रहेको छ।

१०. गङ्नम स्टाइल

Korean rapper-singer Psy performs on NBC’s “Today” show in New York September 14, 2012. REUTERS/Brendan McDermid (UNITED STATES – Tags: ENTERTAINMENT)

युट्युब भ्युज : ५.२४ बिलियन

दक्षिण कोरीयाली गायक साईको अनौठो र ऊर्जावान् नृत्य ट्रयाकका कारण भाइरल बनेको यो गीतले युट्युबमा एक बिलियन भ्युज पुग्ने पहिलो भिडियोको रेकर्ड बनाएको थियो। कोरियाको सियोलस्थित ग्याङनम जिल्लाको नाममाथि तयार पारिएको यस गीतले निकै लोकप्रियता पाएको थियो एक दशक अघिको निकै चर्चित यो भिडियो अहिले युट्युबमा सर्वाधिक भ्युज भएका भिडियोको दशौं स्थानमा छ। हाल यसको युट्युब भ्युज ५.२४ बिलियन रहेको छ।