साउन २९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल


मेष : सतर्क रहनुहोला । आकस्मिक रोगको सम्भावना, काममा व्यवधान, धन हानि हुन सक्छ ।

वृष : समय अनुकूल छ । धनलाभ, सवारीसाधनको प्राप्यता, जीवनसाथीबाट राम्रो सहयोग होला ।

मिथुन : समय निकै उपब्धिमूलक छ । आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्यलाभ हुने देखिन्छ ।

कर्कट : सानै प्रयासमा पनि काममा सफलता होला । धनलाभ, सन्तान–सुख, शुभ कार्य हुनेछ ।

सिंह : दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, पारिवारिक विवाद, दौडधुप, आलस्य हुनेछ ।

कन्या : समय बलवान् छ । पैसा प्राप्ति, पराक्रम–प्रतिष्ठा वृद्धि, पुरस्कृत हुने सम्भावना देखिन्छ ।

तुला : दिन शुभ छ । धनलाभ, मानसिक क्षमता वृद्धि, सुख–सन्तोष हुने प्रबल सम्भावना छ ।

वृश्चिक : समय निकै बलवान् छ । मीठो भोजन प्राप्ति, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।

धनु : धनको नाश, रोगको सम्भावना, चोटपटकको सम्भावना भएकाले सजग रहनुहोला ।

मकर : कुनै वस्तु वा सेवा प्राप्ति होला । उत्तम भोजन प्राप्तिका साथै परिवार–सुख होला ।

कुम्भ : दिन शुभ फलदायक छ । सुख–सन्तोष, सफलता, स्वस्थताको महसुस, मन प्रफुल्लित होला ।

मीन : राजनीतिक व्यक्ति वा राज्यबाट लाभ, यश वृद्धि, व्यापारमा आम्दानी हुने देखिन्छ ।