सेयर बजारको उछाल कायमै, २७ अर्ब २४ करोड बढीको कारोबार


काठमाडौँ

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा उछाल देखिएको छ । आज सेयर बजारमा २.४७ प्रतिशतको बढोत्तरी देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ ।

आज नेपाली सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबारसहित नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन आइतबर २६ अर्ब माथिको कारोबार गरी नयाँ रेकर्ड बनाएको बजारमा आज पनि नयाँ रेकर्ड बनेको हो ।

कुल १३ उपसूचकमध्ये लागनी र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै सूचक हरियाली बनेको छ । यस दिन जीवन बीमा, फाइनान्स र ब्यापार समूहमा लगानीकर्ता झुम्मिएका छन् ।

यस दिन १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर र शुभम् पावर पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । हिमाला दोलखा हाइड्रोपावर, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर अरुण कावेली लगायत कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यता, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको हो ।

नेपाल फाइनान्स, गरिमा डेबेन्चर-२०८५, हिमालयन लघुवित्त, सीईडीबी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेका छन् ।

कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । यस दिन कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ।

शिवम् सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नेपाल फाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ । यी सबै कम्पनीको ५० करोड भन्दा माथिको सेयर किनबेच भएको छ ।