साउन २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल


मेष : शुभ समय भएकाले धन प्राप्ति, साथीभाइबाट सहयोग, पढाइ–लेखाइमा सफलता होला ।

वृष : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, गरेका कार्यमा सफलता होला ।

मिथुन : दिन शुभ छ । कर्तव्य गर्नुस् । धन प्राप्ति, काममा सफलता, सुख–सन्तोष हुने देखिन्छ ।

कर्कट : समय अनुकूल नभएकाले स्वास्थ्य गडबड, विनाउपलब्धिको दौडधुप, विवाद हुन सक्छ ।

सिंह : दिन धेरै उत्तम छ । आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सानै प्रयासमा प्रगति हुने देखिन्छ ।

कन्या : समय अनुकूल भएकाले धनलाभ, राम्रो कामको थालनी, विजय हुने सम्भावना छ ।

तुला : समय बलवान् छ । मीठो भोजन, आर्थिक लाभ, पुरस्कार प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक : समय शुभ नभएकाले स्वास्थ्य समस्या, विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

धनु : दिन शुभ छ । विविध लाभ, मीठो भोजभतेर एवं पैसा प्राप्तिको सम्भावना अधिक छ ।

मकर : शुभ समयले काममा सन्तुष्टि, आँटेका काममा सफलता, शारीरिक तन्दुरुस्ती हुने देखिन्छ ।

कुम्भ : समय उत्तम फलदायक छ । सरकारी निकायबाट लाभ, व्यापारिक सफलता, मान बढ्ला ।

मीन : दिन अनुकूल नभएकाले रोगव्याधिको भय, धनहानि, सानो कुरामा पनि विवाद आउन सक्छ ।