सर्वाधिक कमाइ गर्ने विश्वका १० कन्सर्ट

5.36k
Shares

एल्बम र गीत बिक्रीका अलावा गायक गायिकाको अर्को मुख्य आम्दानीको स्रोत सांगीतिक भ्रमण वा कन्सर्ट हो । संगीतकर्मीले एउटै भ्रमण र कन्सर्टबाट लाखौं आम्दानी गरिरहेका हुन्छन् । संसारभर सांगीतिक टुरबाट सबैभन्दा धेरै आम्दानी गर्ने १० टुर यस प्रकार छन् :

१.टेलर स्विफ्टको इराज टुर

टेलर स्विफ्टको इराज टुर अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने कन्सर्ट टुर हो । यो भ्रमण कम्तिमा १.०४ बिलियन डलर कमाउने पहिलो सांगीतिक भ्रमण साबित भएको छ । २०२३ मा संयुक्तराज्य अमेरिकाको ग्लेन्डेल, एरिजोनाबाट शुरू भएको टुर पेरिस, लन्डन, क्यानडा, नेदरल्यान्डजस्ता देशमा भएको थियो । यो भ्यानकुभरमा गएर अन्त्य भएको थियो ।

२. फेयरवेल एल्लो ब्रिक रोड

फेयरवेल एल्लो ब्रिक रोड अंग्रेजी संगीतकार एल्टन जोनको चालीसौं र अन्तिम कन्सर्ट यात्रा थियो । यो सन् २०१८ को सेप्टेम्बर ८ मा एलेनटाउन, पेन्सिलभेनियाबाट शुरू भएको थियो भने २०२३ ८ जुलाईमा स्टकहोम, स्वीडेनमा समाप्त भएको थियो । बिलबोर्डका अनुसार, भ्रमणले तीन सय ३० शोबाट नौ सय ३९ मिलियन डलर कमाइ गरेको थियो ।

३. द डिभाइड टुर

एड सिरनले अगस्ट २०१९ मा ६ वटा महाद्वीपहरूमा गरेको टुरनामक कन्सर्ट सबैभन्दा धेरै कमाउने कन्सर्ट हो । करिब ९० लाख टिकट बिक्री भएको सो कन्सर्टको कुल ग्रस कलेक्सन सात सय ७६ मिलियन डलर थियो ।

४. यू टू ३६० डिग्री टुर

रक ब्यान्ड यू टूद्वारा आयोजित विश्वव्यापी यू टू ३६० डिग्री टुर कन्सर्ट सन् २००९ देखि २०११ सम्म चलेको थियो । कुल एक सय १० स्थानमा आयोजित कन्सर्टको कमाइ सात सय ३६ मिलियन डलर थियो ।

५.म्युजिक अफ द स्पेयर्स टुर

म्युजिक अफ द स्पेयर ब्रिटिश रक ब्यान्ड कोल्ड प्लेद्वारा सञ्चालन गरिएको आठौं कन्सर्ट भ्रमण हो । आफ्ना उत्तर र दक्षिण अमेरिका, युरोप, एसिया र अस्ट्रेलियाका विभिन्न एक सय ३२ स्थानको भ्रमणका क्रममा आठ सय १० मिलियन डलर कमाइ गरेको थियो ।

६. लभ अन टुर

ह्यारी स्टाइलको लभ अन टुर सबैभन्दा बढी कमाउने कन्सर्टको नम्बर ६ मा पर्छ । कुल एक सय ६९ स्थानमा गरिएको कन्सर्टले ६ सय १७ मिलियन डलर कमाइ गरेको थियो ।

७. नट इन दिस लाइफटाइम

नट इन दिस लाइफ टाइम हार्ड रक ब्यान्ड गन्स एन्ड रोजेजको सांगीतिक भ्रमण थियो । यो सबैभन्दा बढी कमाउने कन्सर्टको सातौंं स्थानमा पर्छ । ब्यान्डले कुल एक सय ५८ शो गरेकोमा पाँच सय ८४ मिलियन डलर कमाइ गरेको थियो ।

८. रेनेसा वल्र्ड टुर

वियोन्सेको रेनासा वल्र्ड टुर सन् २०२३ मा सम्पन्न भएको थियो । आफ्नो नवौं वल्र्ड टुरबाट बियोन्से पाँच सय ८० मिलियन डलर कमाइ गर्दै अधिक कमाउने सेलिब्रेटीको ८ औं नम्बरमा परिन् ।

९ .अ बिगर ब्याङ टुर

द रोलिङ स्टोन्सको द बिगर ब्याङ टुर सबैभन्दा बढी कमाउनेमा ९ नम्बरमा पर्छ । सन् २००५ देखि २००७ सम्ममा विभिन्न देशमा एक सय ४४ आयोजना गरिएको सो कन्सर्टले पाँच सय ५८ मिलियन डलर कमाएको थियो ।

१०. नो फिल्टर टुर

द रोलिङ स्टोन्सले नै सन् २०१७ मा शुरू गरेको कन्सर्ट नो फिल्टर टुर सन् २०२० मा सकिने भनिए पनि कोरोनाका कारण केही स्थानमा सन् २०२१ मा कार्यक्रम गरिएको थियो । ५८ स्थानमा गरिएको शोले पाँच सय ४७ मिलियन डलर कमाइ गरेको थियो ।