लकडाउनले गेममा आकर्षित भएकी सुरम्य

0
Shares

कोरोनाले संसारलाई त्रास दिइरहेको बेला करिब ९ वर्षकी बालिकाले महामारीको पर्वाह नगरी खेर गइरहेको समय सदुपयोग गरेकी थिइन् । नेपालमा दोस्रो पटक लकडाउन हुँदा घरमा तेसै बसिरहनुपर्दा त्यहीबेला सुरम्य शाक्यले टेबलटेनिसको प्राक्टिस गर्न थालिन् । बुबा सुमन शाक्य र मुमा रचना महर्जनले छोरी सुरम्यलाई टेबलटेनिसमै चासो भएपछि पुरै प्रोत्साहन गर्न थाले । फलस्वरुप सुरम्य यू १२ एजमा नेपालकी नम्बर वान खेलाडी बनिन् ।

हाल सुरम्यले नेपालकी नम्बर वान महिला टेबलटेनिस खेलाडी नविता श्रेष्ठको स्टाग टेबलटेनिस एकेडेमीमा प्रशिक्षण लिइरहेकी छन् । सेन्टमेरिज स्कूलमा क्लास ७ मा पढिरहेकी सुरम्यले थोरै समयमा देशभित्र थुप्रै मेडल जितिसकेकी छन् । साथै यही वर्ष उनले श्रीलंकामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै मेदल समेत जित्न सफल भइन् ।

श्रीलंकामा भएको यू १५ साउथ एसियन युथ टेबलटेनिस इन्टरनेसनल च्याम्पियनसिपमा ब्रन्ज मेडल जितेकी उनले भविष्यमा पनि नेपालको लागि थुप्रै अन्तर्राष्ट्रिय मेडल जित्ने संभावनालाई पर्दापण गरेकी छन् । प्रस्तुत छ कलिलो उमेरमै देशको आशा बन्न सफल उनीसँग गरिएको कुराकानीको सार संक्षेप ।

टेबलटेनिसमा कसरी लाग्नुभयो ?

-कोरोनाले लकडाउन भएको बेलामा केही काम थिएन । अल्छी हुन थाल्यो । बाबाले पनि टेबलटेनिस खेलौ न भन्नुभयो । लौ भनेर घरमै बोर्ड राखेर टेबलटेनिस खेल्न थाले ।

टेबलटेनिसमै किन ?

-मेरो बाबा पनि टेबलटेनिस खेल्नुहुन्छ । लकडाउनको समयमा बाहिर जान सकिने अवस्था थिएन । घरमै प्राक्टिस गर्ने भनेको यो खेल जस्तो देखियो । र बुबा पनि यसै खेलमा हुनुभएको हुँदा टेबलटेनिस खेल्न मलाई गाह्रो भएन । यसैमा खेल्दै गएँ ।

इन्टरनेसनलमा फस्र्ट टाइम मै मेडल आउँदा कस्तो लाग्यो ?

-यो मेरो पहिलो पटक देशका लागि खेलेको च्याम्पियनसिप थियो । श्रीलंकामा गएर खेल्दा मेडल पनि जित्दा खुशी नै लाग्यो । देशका लागि खेल्न पाउँदा मलाई राम्रो फिल भयो ।

यो गेममै लागिरहने हो ?

तस्बिर: अनिल आङ्देम्बे

-अँ, यसैमा लागिरहने हो ।

स्कुल र गेममा टाइम कसरी मिलाउनुहुन्छ ?

-अहिले त्यति टाइम म्यानेज गरिरहेकी छैन । अब, पढाई र गेममा टाइम ब्यालेन्स गर्दै जानेछु ।

टेबलटेनिसका आइडल प्लेयर को को छन् ?

-नेपालकै भन्नुपर्दा नवीता मेम र स्यान्टू श्रेष्ठ दाई आइडल प्लेयर हुनुहुन्छ । विदेशको भन्नुपर्दा चाइनाका मा लंग र सन यीन्गशा मनपर्छ ।

टेबलटेनिसबाहेक अरु गेम कुन मनपर्छ ?

अरु गेम भन्नाले बास्केटबल नै हो । स्कूलमा बास्केटबल अलिअलि खेल्छु त्यति हो । तर, मेरो प्यासन भनेको टेबलटेनिस नै हो ।

फुटबल नि ?

-फुटबल पनि हेर्छु ।

को मनपर्छ त मेसी कि रोनाल्डो ?

-रोनाल्डो नै मनपर्छ । किनभने रोनाल्डोले पोजिटिभ भाइभ दिन्छ । राम्रो पनि खेल्छ । त्यसैले मेसीभन्दा रोनाल्डो नै मनपर्छ ।

टेबलटेनिस अरु गेमभन्दा खेल्न गाह«ो सजिलो कस्तो छ ?

-यो गेम चाहि धेरै गाह्रो छ । रुलहरू पनि गाह्रो हुन्छ यसमा । जे होस अरु भन्दा गाह्रो छ यो ।

फ्युचरमा के गर्ने इच्छा छ ?

-घरका सबैबाट सपोर्ट छ, त्यसैले गेममा अझ माथि जाने इच्छा छ । यसमा आफुले एफोर्ट गर्ने, हार्ड वर्किङ पनि गर्छु । मेरो लक्ष्य पहिले नेपालको नम्बर एक बन्ने अनि मेरो टार्गेट ओलम्पिकमा पनि जाने हो ।

सुरम्यले जितेका नेसनलमा मेडलहरु:

२०२१-माई जेन्डर माई स्ट्रेन्थ वोमेन्स जुनियर टेबलटेनिस टे«निङ – सिल्भर (सिंगल्स)

२०२२ -फस्ट मिलन मेमोरियल नेसनल जुनियर टेबलटेनिस – ब्रन्ज (यू १२)

 १६ औं हरेराम जोशी मेमोरियल ओपन, ललितपुर- गोल्ड (यू १२)

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबलटेनिस, पोखरा – ब्रन्ज (टिम)

२०२३ -ललितपुर स्पोर्ट्स फेस्टिभल २०७९ टेटे, ललितपुर – ब्रन्ज (सिंगल्स)

     पाँचौं सम्झना कप इन्टरनेसनल    -  ब्रन्ज (टिम)

    १२ औं पूर्णमान बज्राचार्य मेमोरियल नेसनल ओपन - गोल्ड (यू १२)-ब्रन्ज (टिम)

    नवौं सोफेज नेसनल इन्टरस्कूल  -सिल्भर (सिंगल्स)    

    युनिटी कप ओपन -ब्रन्ज ( सिंगल्स )  

    स्टाग ग्लोबल च्याम्पियन्स लिथ सिजन वान - ब्रन्ज (मिक्स टिम) 

    पाँचौं मेयर कप ललितपुर इन्टरवार्ड - सिल्भर (सिंगल्स-यू १६)  

  इन्टरनेसनल 

२०२४ – साउथ एसियन युथ टेबलटेनिस च्याम्पियनसिप – ब्रन्ज (यू १५ गल्र्स डबल- टिम)