साउन २५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


मेष : दिन धेरै शुभ छ । शत्रु विजय, खेलकुद, परीक्षा, मुद्दामामिला आदिमा सफलता होला ।

वृष : दिन उत्तम फलदायक छ । धन प्राप्ति, कार्यसिद्धि, सन्तान–सुख, विविध लाभ हुने देखिन्छ ।

मिथुन : दिन अनुकूल देखिँदैन । दिनचर्या अस्तव्यस्त, अपच, दौडधुप, विवाद, चिन्ता हुन सक्छ ।

कर्कट : समय उत्तम छ । मान–सम्मान, उन्नति–प्रगति, पैसा प्राप्ति हुने सम्भावना छ ।

सिंह : समय अनुकूल भएकाले प्रसन्नता, सुख–सन्तोष, धनलाभ, उपलब्धिमूलक लगानी हुनेछ ।

कन्या : दिन धेरै राम्रो छ । कोसेली, पुरस्कार, धन प्राप्ति, कार्य सफल, मीठो भोजन हुन सक्छ ।

तुला : समय अनुकूल नभएकाले चोटपटक, अस्वस्थता, इष्टमित्रसँग विवाद नहोला भन्न सकिन्न ।

वृश्चिक : समय बलवान् भएकाले कुनै वस्तु वा सेवा, मीठो भोजन, पैसा प्राप्तिको सम्भावना छ ।

धनु : प्रयास गर्नुस् । कार्यसिद्धि, निरोगिता, सुख–सन्तोष, दिमाग स्वच्छ हुने समय आएको छ ।

मकर : दिन शुभ छ । राजनीति एवम् व्यापारमा सफलता, ऐश्वर्य वृद्धि, काममा सफलता होला ।

कुम्भ : बिरामी, काममा बाधा, कष्ट हुने सम्भावना भएकाले अलि सजगता अपनाउनुहोला ।

मीन : समय शुभ भएकाले धन प्राप्ति, समस्या समाधान, पढाइ–लेखाइमा सफलता हुने देखिन्छ ।