नेप्सेमा हरियाली, बढ्यो १०८ अंकले

238
Shares

काठमाडौँ ।

मङ्गलबार उच्च गिरावट आएको नेप्सेमा आज उच्च अंकको वृद्धि भयेक ओछ । बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९। ६७ को विन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर दुई लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ७.८९ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज कारोबार भएका तीनवटा कम्पनीको मात्रै घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स्याेरेन्स लिमिटेडको रु एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।