नेपाल र भारत उपाधिको लागि भिड्दै


काठमाडौं ।

इरानलाई सोझो सेटमा हराउँदै घरेलु टिम नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । नेपालले आज उपाधिको लागि भारतव्रिरुद्ध खेल्नेछ। भारतले अर्को सेमिफाइनल खेलमा श्रीलंकालाई हराएको थियो ।

जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ। यसअघि लिग चरणमा इरानसँग पराजित भएको नेपालले माल्दिभ्स, भारत र श्रीलंकालाई हराएको थियो। भारतविरुद्धको जित नेपालको भलिबल इतिहासमा पहिलो जित थियो।

मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा हराएको हो। नेपालले यो खेल २५–११, २८–२६, २५–२० ले जितेको हो। दोस्रो सेटमा इरान सेट प्वाइन्टमा पुगेपनि जित्न नसक्नु नै नेपालको लागि जितको आधार बनेको थियो।