सुनको मूल्यमा भारी गिरावट, एकैदिन २३ सयले घट्यो


काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १७२५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।