अमेरिकालाई २० वर्षपछि १०० मिटरमा स्वर्ण


एजेन्सी ।

अमेरिकाले ओलम्पिक्सअन्तर्गत १०० मिटर रेसमा २० वर्षपछि स्वर्ण जितेको छ। पेरिस ओलम्पिक्समा अमेरिकाका स्प्रिन्टर नोआ लायल्सले ९.७९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण जितेका हुन्। यसअघि २००४ को एथेन्स ओलम्पिक्समा जस्टिन गेटलिनले यो विधामा स्वर्ण जितेका थिए।

जमैकाका किशेन थाम्पसनले ९.७९ सेकेण्डमै पुरा गरेपनि रजत जिते। अमेरिकाका फ्रेड कर्लीले कांस्य जितेका थिए। कर्लीले ९.८१ सेकेण्डमा दौड पुरा गरेका थिए। यो दौडमा आठै जना धावक १० सेकेण्ड भन्दा कम समयमा दौडेका थिए। अन्तिम स्थानको र स्वर्ण जितेको समयअन्तर ०.१२ सेकेण्डको थियो।

४० मिटर दौडसम्म नोआको पदकको कुनै संभावना थिएन। ४० मिटरसम्म उनी अन्तिम स्थानमा थिए । यसपछि भने उनले स्पिड बढाएर दौडेर स्वर्ण जितेका हुन् । दौड सकिँदा थोम्पसनले जितको खुशीयाली मनाइसकेका थिए । तर, उनी अन्तिममा चुके ।
नोआको करिअर
२०१७ मा नोआले २०० मिटर दौडमा पहिलो डायमण्ड लिगमा उपाधि जितेको ।
२०१९ मा उनले वल्र्ड च्याम्पियनसिपमा २०० मिटर र १०० मिटर रिलेमा स्वर्ण जितेको ।
२०२० टोकियो ओलम्पिक्समा नोआले २०० मिटर दौडमा कांस्य पदक जितेको ।
२०२२ मा भएको वल्र्ड च्याम्पियनसिपअन्तर्गत २०० मिटरमा स्वर्ण र १०० मिटर रिलेमा रजत पदक जितेको ।
२०२३ मा वल्र्ड च्याम्पियनसिपअन्तर्गत १००, २०० मिटर तथा १०० मिटर रिलेमा स्वर्ण जितेको ।