करिअर गोल्डेन स्लाम पुरा गर्नेमा ५ खेलाडी

140
Shares

एजेन्सी ।

टेनिसमा ओलम्पिक स्वर्ण जितेपछि करिअर गोल्डेन स्लाम पुरा हुने गर्छ। टेनिस खेल ओलम्पिकमा सन् १८९६ देखि १९२४ सम्म समावेश भएको थियो। यसपछि भने टेनिस ओलम्पिकबाट हटाइयो। १९६८ र १९८४ मा फेरि यो खेललाई प्रदर्शनी खेलको हिसाबले राखियो।

यसपछि आधुनिक युगमा १९८८ को सोल ओलम्पिक्सपछि भने यसले निरन्तरता पाएको हो । १९८८ देखिको ओलम्पिक्सदेखि अहिलेसम्म करिअर गोल्डेन स्लाम पुरा गर्नेमा ५ खेलाडी मात्रै छन्।

जसमा, जर्मनीकी स्टेफी ग्राफ, अमेरिकाका आन्द्रे आगासी र सेरेना विलियम्स, स्पेनका राफायल नाडाल तथा सर्बियाका नोभाक जोकोभिच हुन् । यसमध्ये एकै वर्ष पाँचै वटै उपाधि जित्नेमा भने स्टेफी ग्राफ मात्रै हुन् ।

टेनिस करिअरमा ओलम्पिक्समा स्वर्ण जितेर मात्रै करिअर गोल्डेन स्लाम पुरा हुँदैन । खेलाडीले हरेक वर्षमा हुने चार वटा ग्रान्डस्लाम प्रतियोगितामा उपाधि जित्नुपर्छ । यी चार ग्रान्डस्लाममा अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन प्रतियोगिता पर्दछन् ।

स्टेफी ग्राफ
—स्टेफी ग्राफले शुरुवातमै करिअर गोल्डेन स्लाम पुरा गरेकी
—१९८८ मा चारै वटा ग्रान्डस्लामसँगैं सिओल ओलम्पिक्समा गोल्ड जितेकी
—एकै वर्षमा यस्तो उपलब्धि हासिल गर्नेमा ग्राफ एक्ली खेलाडी
—करिअरमा गोल्डेन स्लाम पुरा गर्ने पहिलो खेलाडी
—करिअरमा २२ ग्रान्डस्लाम उपाधि जितेकी
—गोल्डेन स्लाम पुरा गर्दा उनको उमेर १९ वर्ष थियो
आन्द्रे आगासी
—आन्द्रे आगासीले चारै वटा ग्रान्डस्लाम जित्दा वर्ष फरक फरक थियो
—१९९६ ओलम्पिक्समा गोल्ड जितेको
—१९९९ मा फ्रेन्च ओपन जितेपछि गोल्डेन स्लाम पुरा भएको
—करिअरमा ८ ग्रान्डस्लाम उपाधि जितेको
—गोल्डेन स्लाम पुरा गर्दा उनको उमेर २९ वर्ष थियो
राफायल नाडाल
—२००८ बेइजिङ ओलम्पिक्समा गोल्ड जितेको
—२०१० मा यूएस ओपन जितेपछि गोल्डेन स्लाम पुरा भएको
—करिअरमा २२ ग्रान्डस्लाम उपाधि जितेको
—गोल्डेन स्लाम पुरा हुँदा उनको उमेर २२ वर्षको थियो
सेरेना विलियम्स
—लण्डन ओलम्पिक्स २०१२ मा गोल्ड जितेपछि गोल्डेन स्लाम पुरा गरेकी
—यसअघि चारै वटा ग्रान्ड स्लाम जितिसकेकी
—करिअरमा २३ ग्रान्डस्लाम जितेकी
—गोल्डेन स्लाम पुरा गर्दा उनको उमेर ३१ वर्ष थियो
नोभाक जोकोभिच
—पेरिस ओलम्पिक्स २०२४ मा गोल्ड जितेर करिअर गोल्डेन स्लाम पुरा गरेको
—करिअरमा २४ ग्रान्डस्लाम उपाधि जितेको
—गोल्डेन स्लाम पुरा गर्दा उनको उमेर ३७ वर्षको थियो
—गोल्डेन स्लाम पुरा गर्ने सबैभन्दा पाको उमेरका खेलाडी
—चार ओलम्पिक्सको सेमिफाइनलमा हारेको पाँचौंमा फाइनल पुगेको र जितेको

अभागी फेडेरर
गोल्डेन स्लाम पुरा गर्न नसकेका चर्चित खेलाडीमा रोजर फेडेरर पर्छन् । टेनिस जगतमा सुपरस्टार खेलाडी भएपनि यस मामिलामा उनी अभागी साबित भए । उनी उनका नजिकका प्रतिद्वन्द्वी नोभाक जोकोभिच र राफायल नाडालसँग पनि पछाडि परेका छन् । स्विट्जरल्यान्डका फेडेररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् र विश्वका नम्बर एक खेलाडी समेत बनिसकेका खेलाडी हुन् । २०१२ को लण्डन ओलम्पिक्समा उनी फाइनलमा पुगेका थिए । तर, घरेलु खेलाडी एन्डी मुरेले उनलाई हराएर गोल्डेन स्लामबाट वंचित पारिदिएका थिए ।

श्रीमान श्रीमती

जर्मनीकी स्टेफी ग्राफ र अमेरिकाका आन्द्रे आगासी करिअर गोल्डेन स्लाम पुरा गर्नेमा श्रीमान श्रीमती खेलाडी हुन् । ग्राफले १९८८ मा करिअर गोल्डेन स्लाम पुरा गर्दा आगासीले ठ्याक्कै ११ वर्षपछि १९९९ मा करिअर गोल्डेन स्लामको उपलब्धि हासिल गरेका थिए । उनीहरूले २००१ मा बिहे गरेका हुन् ।