काभा नेसन्स लिग : सेमिफाइनलमा आज इरानको सामना गर्दै नेपाल


काठमाडौं ।

काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच हुँदै छ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच साँझ ५: १५ बजेदेखि सुरु हुने छ। यस अघि समूह चरणको खेलमा भारत १० अङ्कसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अङ्कसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।

त्यस्तै इरान ७ अङ्कसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलङ्का ४ अङ्कसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ। त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।