गुडिरहेको माइक्रोमाथि रुख ढल्दा ७ जना घाइते


काठमाडौं ।

धादिङको गजुरीमा गुडिरहेको बसमाथि रुख ढलेको छ।  पृथ्वी राजमार्गको गजुरी गाउँपालिका वडा नम्बर ५ पोखरे खोलामा बसमाथि पहिरोसहित रुख ढलेको हो। उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन्। 

धादिङ बेसीबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-००६- ख ६५१२ नम्बरको ईभि माईक्रो बसलाई सडकमाथिबाट पहिरोसहित रुखले थिचेर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि राजमार्ग   पनि अवरुद्ध भएको छ । 

अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ। दुईतर्फी रूपमा साँघुरो बाटो भएकाले यातायात बन्द गरिएको छ । पानी नपरेको समयमा समेत पहिरो खसिरहेको प्रहरीले जनाएको छ।