काभा नेसन्स लिग : आज मालदिभ्ससँग भिड्दै नेपाल


काठमाडौं ।

नेपालले काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज मालदिभ्ससँग खेल्दै छ छ। यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५: १५ बजेदेखि शुरु हुने छ।

नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अङ्क हासिल गरेको छ । त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ।

त्यस्तै आज यो खेलअघि भारत र श्रीलङ्काबीच पहिलो खेल हुँदै छ। प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ।