लेदेक्कीको नवौं स्वर्ण


एजेन्सी ।

अमेरिकन सुपरस्टार केटी लेदेक्कीले महिला ओलम्पियनद्वारा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमानसँग बराबरी गरेकी छन्। लेदेक्कीले पेरिस ओलम्पिकमा पौडीको महिलातर्फ ८०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेसँगैं कीर्तिमानमा पुगेकी हुन्। उनले सो दुरी ८ मिनेट ११.०४ सेकेण्डमा पुरा गरेकी थिइन्।

योसँगैं उनले करिअरकै नवौं ओलम्पिक स्वर्ण जितिन् भने पेरिसमा २ स्वर्णसहित चार पदक जितेकी छन्। उनी समग्रमा १४ पदकसहित पूर्व सोभियत जिम्नास्ट लारिसा लातीनीनासँग बराबरीमा पुगेकी हुन्। ओलम्पिकमा अमेरिकाका महान पौडीबाज माइकल फेल्प्सले सर्वाधिक २८ पदक जितेका छन्। जसमा २३ स्वर्ण पदक छन्।