सेन्ट लुसियाकी अल्फ्रेदले इतिहास रचिन्


एजेन्सी ।

जुलियन अल्फ्रेदले पेरिस ओलम्पिक्सअन्तर्गत महिला १०० मिटरको दौड जितेकी छन्। उनले योसँगैं सेन्ट लुसियालाई पहिलो ओलम्पिक पदक दिलाएर इतिहास समेत रचिन् । २३ वर्षीया अल्फ्रेदले १०.७२ सेकेण्डको राष्ट्रिय कीर्तिमान पनि राखेकी थिइन्।

तर, अमेरिकन वल्र्ड च्याम्पियन शाकारी रिचार्डसन भने रजतमै सीमित भइन्। उनले सो दुरी १०.८७ सेकेण्डमा पुरा गरेकी थिइन् । अमेरिकाकै मेलिसा जेफरसनले १०.९२ सेकेण्डसहित कांस्य पदक जितिन्।