गत मे महिनाको १३ देखि १५ सम्म नेपालमा भएको साउथ एसिया रिजनल ओलम्पिक क्वालिफिकेसनको सेमिफाइनलसम्म पुगेकी टेबल टेनिस खेलाडी इभाना थापाले सन् २०२८ मा हुने ओलम्पिक खेलमा भाग लिने उद्देश्य लिएकी छिन् ।
सेमिफाइनल पुग्ने क्रममा उनले श्रीलंकाकी नम्बर वान खेलाडी इशारा माधुरंगी र बंगलादेशी खेलाडीलाई हराएकी थिइन् । तर, श्रीलंकाकी जुनियर खेलाडीसँग पराजित भएका कारण उनी प्रतियोगिताबाट बाहिरिनुप¥यो ।
नौ वर्षको उमेरमा चार कक्षामा पढ्दादेखि नै टेबल टेनिस खेलेकी उनले सन् २०१९ पछि मात्र टुर्नामेन्टमा भाग लिन थालेकी हुन् । सानैमा टेबल टेनिस प्रशिक्षक पुरुषोत्तम बज्राचार्यको प्रशिक्षण र टेबल टेनिसकी चर्चित नेपाली खेलाडी सिक्का श्रेष्ठको साथले एकैपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्षम बनेकी उनी १३ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सफल भइन् । उनले नवौ बृहत् राष्ट्रिय खेलकुदमा टिम इभेन्ट्सतर्फ पनि सिल्भर मेडल जितेकी थिइन् ।
सिनियर्सतर्फको एसियन च्याम्पियनसिपमा सहभागिता
सन् २०२१ कतार
सन् २०२३ दक्षिण कोरिया (राउन्ड अफ ३२ सम्म पुग्न सफल)
सन् २०२३ चीन
सन् २०२२ नेपाल (वल्र्ड च्याम्पियनसिप क्वालिफायर्स)
जुनियर्सतर्फ मेडल
सन् २०२२ साउथ एसियन टेबल टेनिस च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा सिल्भर ।
सन् २०२३ मा भारतमा ब्रोन्ज ।
सन् २०२४ मा श्रीलंकामा अन्डर–१९ गल्र्स प्रतिस्पर्धाको डबल्समा सिल्भर ।
परिवारबाट सहयोग कस्तो छ ?
शुरूमा ममी इन्दु आलेले पढाइमा नै ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो । तर, टेबल टेनिसप्रति मेरो रुचि देखेर सिक्का दिदी र कोच पुरुषोत्तम बज्राचार्यले ममीलाई कन्भिन्स गराउनुभयो र हजुरआमाले पनि साथ दिनुभयो । राम्रो रिजल्ट आउन थालेपछि परिवारबाट पनि हौसला मिलेको छ ।
स्कुलबाट कस्तो सहयोग पाइएको छ ?
राम्रो प्रदर्शन गरेको देखेर स्कुलले पनि मलाई आठ कक्षादेखि स्कलरसिप दिँदै आएको छ ।
दिनको कति घन्टा ट्रेनिङ गर्नुहुन्छ ?
फरक–फरक समय गरी दिनको ६ घन्टा ।
पढाइ र खेल्ने टाइम म्यानेज गर्न गाह्रो पर्दैन र ?
गाह्रो छ, तर खेलले गर्दा क्लास छुटेकाबेला एक्स्ट्रा क्लास राखेर भए पनि प्रिन्सिपलले सपोर्ट गर्नुहुन्छ ।
अन्तर्राष्ट्रिय स्कुल टुर्नामेन्ट खेल्नुभएको छ ?
५–६ वर्षअघि गुजरातमा भएको एसियन स्कुल गेम्स्मा खेलेको थिएँ, खासै राम्रो रिजल्ट आएन ।
टेबल टेनिसको च्यालेन्जिङ कुरा के लाग्छ ?
अनुभव र इन्टरनेसनल एक्स्पोजरको कमी ।
टेबल टेनिसको मनपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी को हुन् ?
राष्ट्रियमा सिक्का श्रेष्ठ र अन्तर्राष्ट्रियमा जापानकी मिमा इटो ।
विदेश र नेपालमा खेल्दा के फरक छ ?
विदेशको खेलस्थलमा लाइट, सफा सुग्घरदेखि सबै कुरा चित्तबुझ्दो हुन्छ । तर, नेशनल टिमको ट्रेनिङमा केही न केही कमी महसुस हुन्छ ।
डिजिटल डिभाइसले खेलमा कतिको सपोर्ट मिलेको छ ?
धैरै सपोर्ट भएको छ । आफ्नो प्रतिद्वन्द्वीको भिडियो हेरेर आफूलाई तयार गरेको छु ।
भविष्यको योजना ?
खेलेर देशका लागि केही गर्छु । सन् २०२८ मा हुने ओलम्पिक खेल्ने उद्देश्य लिएकी छु ।
अरू कुन खेल मनपर्छ ?
स्विमिङ ।
सबैभन्दा मनपर्ने खेलाडी को हो ?
क्रिस्टियानो रोनाल्डो हो । स्किल, ब्यालेन्स र यो उमेरमा पनि फिटनेस मेन्टेन गरी राम्रो प्रदर्शन गरेको देख्दा प्रेरणा मिल्छ ।
सबैभन्दा मनपर्ने स्पोर्ट्स ब्रान्ड कुन हो ?
तिभार ब्रान्ड । म तिभार ब्रान्डको एम्बेस्डर भएको दुई वर्ष भयो । जर्मन कोच पाभेल रेहोरेकले सहयोग गर्नुभएको छ ।
इभाना थापा
१६ वर्ष
कक्षा १२
आदर्श विद्यामन्दिर (एभीएम) हाइएर सेकेन्डरी स्कुल, ललितपुर
खेल्ने टिम: एभीएम टेबल टेनिस क्लब
प्रतिक्रिया