पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा


काठमाडौं ।

जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ। गए राति सम्पन्न क्वाटरफाइनलका खेलहरू सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो।

क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ। त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको थियो।

अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्ने छ भने ब्राजिलले स्पेनको सामना गर्ने छ। सेमिफाइनलका खेलहरू आगामी मंगलबार हुने छन्।