एक हात पकेटमा, अर्को हातले निसाना


एजेन्सी ।

पेरिस ओलम्पिकअन्तर्गत १० मिटर एअर पिस्तोल मिक्स इभेन्टतर्फ टर्कीका ५१ वर्षीय शूटरले एक हात पकेटमा र अर्को हातले निसाना लगाएरै मेदल जिते। टर्कीका युसुफ दिकेकले साधारण तरिकाले निसाना लगाएर सिल्भर मेदल जितेका हुन्। यो दृश्य अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ।

शूटिङको समयमा उनले टि शर्ट लगाएका थिए । उनले बायाँ हात पकेटमा राखेर दायाँ हातले निसाना लगाएका थिए। तर, सबै आश्चर्य हुनुको कारण उनले चश्मा लगाएरै मेदल जितेका थिए। जबकी उनकी पार्टनर तारहानले एअर डिफेन्डर्स र भाइजर लगाएकी थिइन् । टर्कीको झण्डामा रहेको रेड र ह्वाइट कलरको लुगा लगाएकी थिइन् । तर, उनले पनि बायाँ हात पकेटमा राखेकी थिइन् ।

विशेषगरी शूटिङको लागि शूटरले लेन्स लगाउनु पर्ने नियम छ । निसाना लगाउँदा एउटा आँखा बन्द गरिएको हुन्छ र अर्को आँखाले स्पेसल लेन्समार्फत् टार्गेट गरिन्छ । तर, युसुफले शूटिङका लागि चाहिने कुनै पनि सामग्री युज गरेनन् ।

युसुफ ओलम्पिकका लागि नयाँ खेलाडी पनि होइनन्। उनले २००८ देखि हरेक समर ओलम्पिकमा सहभागिता जनाएका छन्। उनले नै टर्कीका लागि शूटिङमा पहिलो मेदल दिलाउन सफल भए। गोल्ड सर्र्बियाले जितेको थियो भने भारतले ब्रन्ज जितेको थियो।