साउन १९ गते शनिबार, यस्ताे छ तपाईको राशिफल


मेष : बिहानैको समयमा लाभ भए पनि दिनभर झमेला, तनाव, खर्च नहोला भन्न सकिन्न ।

वृष: बिहानको समय अशुभ भए पनि त्यसपछि भने लाभ, ऐश्वर्य प्राप्तिको सम्भावना छ ।

मिथुन : बिहान सफलता, धनलाभ तर दिनभर कार्यबाधा, विभिन्न खर्च हुने देखिन्छ ।

कर्कट : बिहान बाधा भए पनि दिनभर समय बलवान् छ । आनन्दको अनुभूति होला ।

सिंह : बिहान मीठो भोजन, लाभ तर त्यसपछि भने अनेक झमेला आइलाग्ने देखिन्छ ।

कन्या : समय बलवान् छ । स्वास्थ्य लाभ, स्फूर्ति बढ्ने, मित्रसँग भेटघाट, लाभ होला ।

तुला: बिहान सरकारी डर तर त्यसपछि समस्या समाधान, सुख–सन्तोष हुने देखिन्छ ।

वृश्चिक: सानै गल्तीले काममा बाधा, धननाश, पढाइ–खेलकुदमा असफलता हुन सक्छ ।

धनु : बिहान सम्मान एवं आर्थिक लाभ भए पनि त्यसपछि दिनभर दुःख–कष्ट झेल्नुपर्ला ।

मकर : समय शुभ छ । परीक्षा, खेलकुद आदिमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि, धनलाभ होला ।

कुम्भ: बिहान सन्ताप भए पनि दिनभर खुशी र सुख–सन्तोषसँग समय बित्ने देखिन्छ ।

मीन: समय त्यति शुभ छैन । पारिवारिक झमेला, अस्वस्थता, दिनचर्या अस्तव्यस्त होला ।