रेकर्डसँगै लेडेकीको आठौं गोल्ड


एजेन्सी ।

अमेरिकी स्विमर केटी लेडेकीले १५०० मिटर फ्रिस्टाइलमा ओलम्पिक रेकर्ड राखेकी छन्। २७ वर्षीया लेडेकीले पेरिस ओलम्पिकमा १५ मिनेट ३०.०२ सेकेण्डको रेकर्ड राख्दै गोल्ड जितिन्।

उनले सिल्भर मेदल जितेकी फ्रान्सका एनास्टासिया किर्पीकनीकोभालाई १०.३३ सेकेण्डले पछि पारेकी थिइन्। ब्रन्ज मेदल जर्मनीकी इसाबेल गोजले जितेकी थिइन् । लेडेकीको यो गोल्ड नम्बर ८ हो ।

इगाको गोल्ड सपना सकियो

इगा स्वियाटेकको ओलम्पिक गोल्ड मेदल जित्ने सपना चकनाचुर भएको छ । पोलिस खेलाडी चीनकी झेङ किनवेनसँग ६–२, ७–५ ले हारेपछि सेमिफाइनलबाटै बाहिरिइन् । इगाले २०२० देखि चार फ्रेन्चओपन टाइटल जितिसकेकी हुन् । तर, पेरिसको त्यही रोलान्ड ग्यारोसमा चार फ्रेन्च टाइटलको अनुभव उनलाई काम आएन । इगाको ब्रन्ज मेदलको आस भने बाँकी छ ।

स्तब्ध नतिजा
चीनका वाङ चुकिनलाई मोरगार्दले हराएर पेरिस ओलम्पिकमा स्तब्ध नतिजा निकालेका छन् । वाङ टेबलटेनिसमा वल्र्डका टप रेन्कका खेलाडी हुन्। तर २६ औं रेन्कका स्विडेनका मोरगार्दले ५ गेममा जित हासिल गरे।

योसँगैं चीनले टेबलटेनिसमा एथेन्स ओलम्पिक २००४ पछि पहिलो पटक मेन्स सिंगल्समा गोल्ड वा सिल्भर जित्न नसक्ने भयो।