साउन १८ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


मेष: समय शुभ छ । आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने देखिन्छ ।

वृष: धनहानि, अनुपलब्धिमूलक खर्च, काममा बाधा हुन सक्छ, सजगता अपनाउनुहोला ।

मिथुन : थोरै मेहनतमा उपहार–कोसेली मिल्ने, पेसाबाट सन्तुष्टि, पैसा लाभ हुन सक्छ ।

कर्कट : दिन शुभ नभएकाले रोगव्याधिको भय, कार्यमा बाधा, धननाश हुन सक्छ ।

सिंह : धनलाभ, सुख–शान्ति, मीठो भोजन प्राप्ति, साथीभाइबाट सहयोग हुने देखिन्छ ।

कन्या : सानै प्रयासले काममा सफलता, धन प्राप्ति, जोश–जाँगर, स्फूर्ति बढ्नेछ ।

तुला : राजनीतिक असफलता, मान–प्रतिष्ठामा आघात, कार्यमा बाधा हुने सम्भावना छ ।

वृश्चिक : दिन शुभ फलदायक छैन । बाधा, स्वास्थ्यमा समस्या, नोक्सानी हुन सक्छ ।

धनु : सानै मेहनत गर्दा पनि धनलाभ, पढाइमा सफलता, सम्मान हुने देखिन्छ ।

मकर : परीक्षा, प्रतियोगितात्मक प्रतिस्पर्धामा विजय, आर्थिक लाभ हुन सक्छ ।

कुम्भ : स्वास्थ्य समस्या, पारिवारिक विवाद हुन सक्ने भएकाले सजग रहनुहोला ।

मीन : दिन शुभ देखिँदैन । व्यर्थमा खर्च र दौडधुप, दिनचर्या अस्तव्यस्त हुने देखिन्छ ।