एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान


काठमाडौं । 

पेरिसमा जारी ३३औं समर ओलम्पिक्समा नेपालका पौडीबाज एलेक्जेन्डर शाहले १०० मिटर फ्रि स्टाइलमा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्। 

मंगलवार भएको हिट चरणमा एलेक्सले ५१.९१ सकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन। यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा सो कीर्तिमान बनाएका थिए । आठ खेलाडी रहेको हिट ३ मा एलेक्स तेस्रो स्थानमा रहे। 

एलेक्सले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका हुन् । उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए । तर, उनी हिट चरणबाट अगाडि बढ्न भने सकेनन् । यससँगै पेरिस ओलम्पिकमा सहभागी सात मध्ये ६ नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ ।