पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास


काठमाडौँ । 

जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो कांस्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा कांस्य पदक जितेका हुन् ।

 मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६-१० ले पराजित गर्दै कांस्य पदक जितेका हुन् ।

यस अघि मनु भाकरले  १० मिटर एयर पेस्तोलमै कांस्य पदक जितेकी थिइन् । पहिलो कांस्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिंगमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।

यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडी समेत बनेकी छन् ।

यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले दुई ओलम्पिक पदक जितेपनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए ।