काठमाडौँमा पनि हैजाको जीवाणु देखियो


काठमाडौँ।

 काठमाडौँमा पनि हैजाको जीवाणु देखिएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालीमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको हो ।
अहिले सम्म १३ जनामा हैजा पुष्टि भएको छ । उनीहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ ।  जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा प्रमाणित भएको थियो । ललितपुरका केही बिरामी टेकु अस्पतालबाटै भागेको अवस्था पनि रहेको छ । 

पिउनेपानीमा सुद्धिकरण नगर्ने, बेचीरहेको पानी दुषित छ छैन अनुगमन कडाई हुनुपर्छ । शौचालयको ढल खानेपानीमा मिसियो भने हैजा फैलन्छ । धाराको पानी कस्तो छ के छ प्रशोधित नगरिएको पानी कतिपय जारमा भरेको पनि पाइन्छ । मेलम्चीको पानीको चर्चा गर्दा गर्दै काठमाडौले पर्याप्त पानी पाएको छैन । निलो जारमा पानी देखेपछि शुद्ध भन्ने बुझिन्छ र सबैले यही पानी प्रयोग गर्छन् । नामै थाहा नपाएको ब्राण्डको पानी पनि जोखिम हुन्छ । 

अधिकास क्षेत्रमा पिउने पानी जारको प्रयोग भएकोछ । कम्पनीबाटै ल्याएको हो कि होईन ? जारको पानी पनि सस्तो मूल्यमा पायो भनेर किन्नु भन्दा सुद्धिकरण गरेको हो कि होईन सोच्नै पर्छ । हैजाको कतिपय अवस्थामा लक्षण नदेखिन पनि सक्छ । पिउने पानी सुद्ध छ छैन अनुगमन हुनुपर्छ र हैजा फैलिएको बेलामा हरेक व्यक्तिले पानी उमालेर वा सुद्धिकरण गरेर मात्र पिउन सरुवारोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा. शेर बहादुर पुन सल्लाह दिन्छन्  ।