साउन १४ गते सोमबार, यस्तो छ तपाईंको राशिफल


मेष : समय बलवान् छ । कर्तव्य गर्नुस्, धनलाभ, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।

वृष : धन खर्च, चोटपटकको सम्भावना, वादविवाद, निरर्थक खर्च होला, सजग रहनुस् ।

मिथुन : समय अनुकूल छ । आम्दानी, साथीभाइ–इष्टमित्रबाट सहयोग, खानेकुरा प्राप्त होला ।

कर्कट : स्वस्थता, आनन्दको अनुभूति, कार्य सफल, सुख–सन्तोष हुँदा मन प्रफुल्ल होला ।

सिंह : राजकाज, मुद्दामामिलामा झमेला, मान–सम्मानमा चोट, तनाव बेहोर्नुपर्ला ।

कन्या : सजग रहनुस्, शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, काममा बाधा हुने देखिन्छ ।

तुला : धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, पुरस्कार–सम्मान प्राप्तिको सम्भावना छ ।

वृश्चिक : दिन शुभ छ । थोरै मेहनतले धनलाभ, सफलता, पैसा प्राप्तिको सम्भावना छ ।

धनु : बाथ–वायुजन्य समस्या आउन सक्छ, गर्न लागेको काममा बाधा–अड्चन हुन सक्छ ।

मकर : दिन अनुकूल छैन । विवाद, पेटको स्वास्थ्य समस्या, विनाउपलब्धिको दौडधुपहोला ।

कुम्भ : शुभ दिनको आगमन छ । पैसा लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, प्रसन्नता होला ।

मीन : सजग रहनुस् । मानसिक चञ्चलता, निरर्थक धन र समयको नोक्सानी हुन सक्छ ।