नामजस्तै उज्ज्वल वर्ल्ड स्कुल तेक्वान्दोका स्वर्ण पदक विजेता


काठमाडौंको एउटा विद्यालयमा कक्षा १० मा अध्ययनरत् उज्ज्वल वाग्लेले वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक जितेर अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा नेपालको चिनारी दिन सफल भएका छन् ।
२०२३ को जुलाईमा मेक्सिकोमा आयोजना भएको इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) अन्तर्गतको वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा उनले तेक्वान्दोमार्फत नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । मेक्सिकोमा कक्षा लिएपछि त्यहीअनुसार प्रर्दशन गर्दै उनी स्वर्ण पदक विजेता बन्न सफल भए ।

मेक्सिकोमै अर्को एउटा प्रतियोगिता ओपन च्याम्पियनसिपमा पनि उनले रजत पदक हात पारेका थिए । त्यस क्रममा आईएसएफका मेक्सिकन प्रशिक्षकहरूसँग भेटघाट गरेपछि थप हौसिएका उज्ज्वलले त्यसको केही समयपछि ब्राजिलमा आईएसएफ जिम्नेसाइड यु–१५ (१५ वर्षमुनिका उमेर समूह) मा भाग लिएका थिए । तर, कुर्कुच्चामा समस्या आएको कारण उनले त्यहाँ खेल्न भने सकेनन् । उनी तेक्वान्दो खेलबाट निकै उत्साहित छन् । भविष्यमा पनि तेक्वान्दोमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा फैलाउने उद्देश्य लिएका उनै वाग्लेसँग कविरस शर्माले गर्नुभएको कुराकानीको सार संक्षेप ।

स्वर्ण जितेपछि घर–परिवार र खेलकुद क्षेत्रबाट के–कस्तो साथ सहयोग पाइएको छ ?
– ममी–ड्याडी र परिवारका सदस्यहरू र स्कुलबाट पनि राम्रो साथ पाएको छु । आगामी अक्टोबरमा बहराइन हुने एउटा प्रतियोगितामा खेल्नलाई पनि उहाँहरूले मेरो मनोबल बढाइरहनु भएको छ । स्कुलमै आएर राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, ओलम्पियन विधान लामा, तेक्वान्दो संघका राकेशकुमार राईलगायतले सम्मान गर्नुभयो ।
सबैभन्दा मनपर्ने नेपाली तेक्वान्दो खेलाडी को हुन् ?
– मनपर्ने त धेरै छन् तर, सानैदेखि नाम सुनेको दीपक विष्ट धेरै मनपर्छ । ब्राजिल जाँदा उहाँबाट धेरै कुरा जान्ने अवसर पाएको थिएँ ।
मनपर्ने अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी को–को हुन् ?
– अमेरिकी तेक्वान्दो खेलाडी कार्ल निकोलस ।
मन पर्नुको कारण ?
– टेक्निक, गेमिङ र समग्रमा तेक्वान्दोका धेरै कुराहरू राम्रो । मैले पनि निकोलसको खेल हेरेर धेरै कुरा सिकेको छु । विशेषगरी अंक कसरी जोड्न सकिन्छ भनेर निकोलसको खेल्ने तौर तरिकालाई ध्यान दिएर हेर्ने गरेको छु ।
तपाईं एआईमा कतिको अभ्यस्त हुनुहुन्छ ?
आधुनिक युग कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) कै हो भन्दा फरक नपर्ला । विश्वमै यति छिटो रफ्तारमा एआईको विकास भइरहेको छ कि यसले समाजका विभिन्न क्षेत्रहरूमा व्यापक परिवर्तन ल्याउने सम्भावना छ । यसको प्रयोग स्वास्थ्य सेवा, शिक्षा, व्यवसाय र उद्योग, यातायातका साथै स्मार्ट सिटी व्यवस्थापनमा पनि प्रभावकारी हुने देखिएको छ । यसैका कारणले भविष्यमा धेरै पेशा संकटमा पर्ने र धेरैले रोजगारी गुमाउने अवस्था सिर्जना हुने देखिएको छ भने यसको उपयोगितालाई मनन गरेर समयमै योसँग अभ्यस्त हुँदै जाने हो भने यसले मानिसको दैनिकी र पेशागत जीवनमा महत्वपूर्ण सहयोगीको भूमिका निभाउने छ । यसैका कारण थुप्रै नयाँ रोजगारी पनि सिर्जना हुँदै जानेछ ।
के हो त एआई ?
कम्प्युटर प्रणाली वा रोबोटलाई मानिसले जस्तै सोच्न र काम गर्न सक्षम बनाउने प्रविधि हो एआई । एआई मेसिनले आफ्नै अनुभवबाट सिक्ने, समस्याहरू समाधान गर्ने र निर्णय लिनसक्ने क्षमता भएको प्रविधि हो । विभिन्न एआईमध्ये अहिले च्याट जीपीटी बढी प्रचलित छ ।
च्याट जीपीटीबारे सामान्य जानकारी
यो ओपन एआईले विकास गरेको एउटा भाषा मोडेल हो । जसले प्राकृतिक भाषा प्रशोधन (एनएलपी) को प्रविधि प्रयोग गरेर मानिसले जस्तै हामीले सोधेको कुराको जवाफ दिनसक्छ । यसले इन्पुटलाई बुझेर त्यसको आधारमा सान्दर्भिक जवाफ दिन्छ । यसले इन्डेक्सिङ र एल्गोरिदम प्रयोग गरेर इन्टरनेटमा सामग्री खोज्छ र सबैभन्दा सान्दभिक नतिजा देखाउँछ । यसलाई जीपीटी (जेनेरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर) मोडेलको आधारमा निर्माण गरिएकोले अघिल्लो तथ्यांकबाट सिकेर नयाँ संवाद गर्न सक्छ । यसलाई लेख लेख्ने, भाषा अनुवाद गर्ने, प्रश्नोत्तर बनाउने जस्ता काममा प्रयोग गर्न सकिन्छ । यसलाई विभिन्न प्रकारका पाठ्यक्रम डाटाहरूमा प्रशिक्षण दिइएको हुनाले यसलाई विभिन्न विषयहरूको ज्ञान छ र यसले विभिन्न प्रकारका प्रश्नहरूको उत्तर दिन सक्छ ।
ईमेल, निबन्ध, कोडका साथै व्यापारिक योजना बनाउन पनि यसको प्रयोग गर्न सकिन्छ । अहिलेसम्म यसको नियमित संस्करण निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, यसको एड्भान्स संस्करणको लागि भने महिनाको २० अमेरिकी डलर शुल्क तिर्नुपर्छ ।

अरू खेलमा रूचि छ ?
– सानैदेखि तेक्वान्दो नै खेल्दै आएको हुँ । अरू खेलमा खासै रुचि छैन । मलाई फुटबल र फुटसल पनि मनपर्छ ।
फुटबलका सबैभन्दा मनपर्ने खेलाडी कुन हो ?
– लियोनल मेसी ।
मेसी मन पर्नुको कारण ?
– मेसीको खेल्ने शैली मनपर्छ । एउटा गरीब परिवारमा जन्मेका मेसीले जीवनमा गरेको मिहिनेतले यो स्थानसम्म पुगेको छ । ‘ग्रेटेस्ट अफ अल टाइम’ भनेर चिनिएको छ । उसलाई फलो गरेको छु र कसरी खेल्छ भनेर सिक्ने प्रयास पनि गरेको छु । तेक्वान्दो चाहिँ मेरो पहिलो प्राथमिकतामा पर्छ भने फुटबल र फुटसल पनि खेल्छु । तेक्वान्दोपछि दोस्रो प्राथमिकतामा फुटबललाई राखेको छु ।
सबैभन्दा मनपर्ने स्पोर्ट्स ब्रान्ड र गियर कुन हो ?
– एडिडासको तेक्वान्दो पोशाक लगाउँदा सहज लाग्छ । त्यस्तै, केल्मी ब्रान्ड पनि मनपर्छ । सानैदेखि आफूलाई चाहिएको स्पोर्ट्सको पोसाक र सम्बन्धित सामग्री अभिभावक र स्कुलले उपलब्ध गराउँदै आउनुभएको छ ।