एउटा फाइल खोलेको २४ घण्टा नबित्दै सरकार ढल्यो : गृहमन्त्री लामिछाने

336
Shares

काठमाडौँ। 

 उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा गएर सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सदनमा प्रस्तुत गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले सुशासनका लागि एकाएक दुई ठूला दललाई मिल्नुपर्ने अवस्थामा पुर्‍याउने गरी काम गरेको बताए।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले भने, ‘हामीलाई मतदान गर्ने मतदाताहरूलाई गर्भका साथ भन्न चाहन्छु, हेर्नुस् हामीले सरकारमा गएर यस्तो सुशासनका लागि काम गर्‍यौँ रातारात दुई ठूला दल मिल्न बाध्य भए।’

अहिले जसरी शक्ति बाँडफाँट भएको छ, त्यो लोकतन्त्रको खम्बा भएको उनले बताए। दुई ठूला दल मिल्दा शक्ति बाँडफाँट नडगमगाओस् भन्दै उनले खबरदारी गरे। उनले दुई दलबीच भएको सहमति अहिलेसम्म सार्वजनिक नभएकोप्रति पनि आशंका व्यक्त गरे।

लामिछानेले एउटा फाइल खोलेको २४ घण्टामा कांग्रेस एमाले मिलेपछि अन्य फाइल खोल्न नसकेको बताए। ‘एउटा फाइल खोलेको २४ घण्टामा मिल्नुभयो। अनि अरू कसरी खोल्ने ?’ उनले भने।