राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

112
Shares

काठमाडौँ । 

 नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् ।

उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउँदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए ।

लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउँदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संबिधान संशोधन गर्ने स्पष्ट गरे ।

लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबी गर्दै त्यसमा आशंका व्यक्त नगर्न आग्रह गरे । उनले संबिधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संबिधानमा नै १० बर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् ।