नापी कार्यालयका सर्वेक्षक चार लाख घुससहित पक्राउ

224
Shares

काठमाडौँ ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित नापी कार्यालयका सर्वेक्षकलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले सर्वेक्षक सञ्जीव कुमार यादव र लेखापढी व्यवसाय गर्ने रामबाबु भुजेललाई सेवाग्राहीबाट लिएको चार लाख रकमसहित बिहीबार पक्राउ गरेको जनाएको छ ।

अख्तियारले दुवैलाई घुस लिइसकेको अवस्थामा रकमसहित ललितपुर महानगरको वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।