नेदरल्याण्डसलाई हराउँदै इङल्याण्ड युरो कपको फाइनलमा

770
Shares

काठमाडौं ।

इङल्याण्ड युरो कपको फाइनलमा पुगेको छ। युरो कपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औँ मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्‍याएका हुन् । यस अघि खेलको सातौँ मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए।

यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ। यस अघि २०२० मा सम्पन्न युरो कपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो। अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ। फाइनल खेल आइतबार राति हुने छ।