यस्तो छ तपाईंको आजको राशिफल

3.6k
Shares

मेष : शिक्षा क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने लगानी नगर्नु राम्रो हुन्छ। राजनीतिक र धार्मिक गोष्ठीमा सहभागी हुने अवसर मिल्नेछ। अरुको अस्तित्व स्वीकार गर्नुपर्ने दिन छ।

वृष : बोलीमा मोहनी छ। परोपकारमा अगाडि बढ्ने बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने दिन छ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सामान्य लगानीबाट राम्रो उन्नति हुनेछ। नयाँ ठाउँको यात्राले मन शान्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। देशभित्र लगानीका अवसर देखिने छन्।

कर्कट : भौतिक सम्पत्ति जोड्ने दिन छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। लगानीको क्षेत्रबाट उचित मूल्य प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : कामको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धी पछाडि पर्दै जानेछन्। काम सम्पन्न नहुँदासम्म परिवारभित्र योजना सर्वजनिक नगर्नु राम्रो हुन्छ।

कन्या : शिक्षामा प्रगति हुनेछ। स्वास्थ्य क्षेत्रको लगानी सफल हुने योग छ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवासँगको सल्लाहमा गरेको लागानीबाट राम्रो फाइदा हुनेछ। शिक्षाको आम्दानी सञ्चित गर्ने समय छ।

तुला : समय रमाइलो छ। नयाँ ठाउँको यात्रामा पुराना साथीसँग भेट हुनेछ। व्यापारको लगानीबाट नाफा हुनेछ। शिक्षामा आलस्यपनले समस्या हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : मान्यजनबाट आज्ञा लिएर अगाडि बढ्नाले मनोकांक्षा पूरा हुनेछ। सामाजिक क्षेत्रको झुकाबबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्धमा मनमुटाब हुने जोखिम छ।

धनु : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय छन्। परिवारबाट तपाईंको रक्षा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : भ्रमणको योग छ। उपयुक्त ठाउँको योजना बनाउनु राम्रो हुनेछ। यात्रा सुखद् हुनेछ। धार्मिक कार्यमा मन जानेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साही हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : रोकिएका काम बन्नेछन्। रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा असहयोग हुनेछ। राजनीतिमा खुट्टा तान्ने मान्छे सक्रिय छन्। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

मीन : सरकारी कामबाट दुःख पाउने योग छ। तपाईंमाथि प्रश्न गर्ने व्यक्ति सक्रिय छन्। बौद्धिक व्यक्तिसँगको सहकार्य राम्रो हेला। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।