पोखरामा पहिरोमा घर पुरिँदा एक जनाको मृत्यु

196
Shares

कास्की ।

पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए। पोखरामा हिजो साँझदेखि नै वर्षा भइरहेको छ।