एमालेको सचिवालय बैठक बस्दै

112
Shares

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ।

बैठकमा नेपाली कांग्रेससँग सत्ता साझेदारीको सहमति भए अनुसार सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तयार गरिने छ। त्यसैगरी समसामयिक राजनैतिक विषयको समीक्षा गरी आगामी रणनीति पनि सचिवालय बैठकले बनाउने भएको छ।

बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेरको विषयमा समेत छलफल हुने भएको छ।