ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

4k
Shares

काठमाडौं ।

ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।