टी-२० विश्वकप: अफगानिस्तानमाथि भारत ४७ रनले विजयी



काठमाडौं ।

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।

भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा अल आउट हुँदै १३४ रन मात्र बनाएपछि भारत ४७ रनले विजयी भएको हो।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए। त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषभ पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए।

यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अङ्क हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ। त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्