टी-२० विश्वकप: वेस्ट इन्डिजविरुद्ध इङ्गल्यान्ड ८ विकेटले विजयी



काठमाडौं ।

इङ्गल्यान्डले टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको इङ्गल्यान्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। इङ्गल्यान्डका लागि फिल साल्टले सर्वाधिक ८७ रन बनाए भने जोनी बेयरस्टोले अविजित ४८ रन बनाएका थिए। त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्ल्स सर्वाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६-३६ रन बनाएका थिए। त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए।

यो जितपछि इङ्गल्यान्डले सुपर आठको समूह एकमा महत्त्वपूर्ण २ अङ्क हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ। अब इङ्गल्यान्डले अर्को खेल शुक्रबार राती दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ।

प्रतिक्रिया दिनुहोस्