यस्तो छ तपाईंको आजको राशिफल



मेष : समय संघर्षपूर्ण छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। पूर्व योजना सफल हुनेछन्। समाजमा न्याय पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद हुने जोखिम छ।

वृष : समय रमाइलो छ। व्यापारमा फाइदा हुनेछ। घरमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोजगारीको विकल्प स्वदेशमै प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मन अशान्त हुने देखिन्छ। बिहान धार्मिक कार्यमा संलग्न भएमा सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र व्यवसायमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : झुटा आरोप लाग्ने जोखिम देखिन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद बढ्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। ठुलो उद्योगको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट सफलता प्राप्त हुनेछ। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। यस्ता खबरले खानपानमा समस्या हुनेछ। परिवारमा विवाद बढ्ने देखिन्छ।

कन्या : समय राम्रो छ। आम्दानीले मनमा उत्साह बढाउने छ। लगानीका क्षेत्रमध्ये कृषि र पशुपन्छीको तर्फबाट राम्रो फाइदा हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। दैनिकी सहज बन्नेछ देखिन्छ।

तुला : पुरानो सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। सामाजसेवाको अवसर प्राप्त हुनेछ। शिक्षाको लगानीबाट उत्साह थपिनेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुने जोखिम छ।

वृश्चिक : समय संघर्षपूर्ण छ। समस्याको समाधान खोज्नु आवश्यक देखिन्छ। मनको कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ। लगानी भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा रोगले सताउने खतरा देखिन्छ।

धनु : श्रमको फल अरुले लिने जोखिम देखिन्छ। अधिकारका लागि प्रतिवाद गर्नु आवश्यक हुन्छ। लगानीका अवसर धेरै छन्। शिक्षाको लगानीबाट फाइदा हुने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुने योग छ। परिवार र साथीसँग रमाइलो गर्ने नाममा खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको रचनात्मक साथ प्राप्त हुनेछ।

कुम्भ : मनमा अशान्ति बढ्नेछ। लगानी गरेको क्षेत्रमा विवाद हुनेछ। शनिदेवलाई खुशी पार्न वर र पिपलको दर्शन गर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ।

मीन : घमण्ड बढ्ने जोखिम छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। व्यापारमा नाफा हुने योग छ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्