संसद भवनमा खटिएका प्रहरी जवानले आफैँलाई गोली हानेर गरे आत्महत्या

910
Shares

काठमाडौं ।

नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आत्महत्या गरेका छन् । बुधबार बिहान प्रहरी जवानले आफैँलाई गोली हानेका हुन् ।

उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। दोलखा घर भएका प्रहरी जवान अजित गोलेले शौचालयमा गएर आफैँले बोकेको राईफलले आफैँलाई गोली हानेको प्रहरीले बताएको छ।

२२ वर्षीय गोले प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।