रक्षा सचिव शर्माले २०७० सालमै त्यागेका थिए अमेरिकाको पिआर 

पिआर कार्ड नै गरेका थिए सरेण्डर 



काठमाडौं ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले २०७० सालमा नै अमेरिकाको स्थायी आवासीय अनुमति (पी.आर) त्यागेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार तत्कालीन ऊर्जा मन्त्रालयका सहसचिव रहेका शर्माले मन्त्रालयका सचिवलाई सम्बोधन गरी २०७० साल असोज ७ गते पत्र लेखी विभिन्न प्रमाण पेस  गर्दै  आफूले अमेरिकाको स्थायी आवासीय अनुमति त्यागेको स्पष्ट पारेका थिए।

त्यतिखेर सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई पत्र लेख्दै मातहतका कुनै कर्मचारीले अन्य देशको पिआर लिएको पाइए कानुन बमोजिम  कारबाही गर्न भनेको थियो। सामान्यको सो पत्र ऊर्जा मन्त्रालयमा पनि आएको थियो । शर्मा त्यतिखेर ऊर्जा मन्त्रालयको सहसचिवमा कार्यरत थिए। त्यतिखेरै ऊर्जा मन्त्रालयले सामान्य प्रशासनलाई पत्राचार गर्दै सहसचिव शर्माले अमेरिकाको पिआर त्यागेको जानकारी गराएको थियो।

सहसचिव शर्माले तत्कालीन सामान्य प्रशासन मन्त्रालयको पिआर त्याग्ने की कायम राख्ने भन्ने ब्यहोराको पत्रको जवाफ लेख्दै आफूले स्थायी आवासीय अनुमति त्याग्ने विषयको जानकारी गराएको र त्यही प्रतिबद्धता अनुरूप अमेरिकी एम्बेसी काठमाडौमा पिआर कार्ड नै सलेण्डर गरेको जानकारी गराउँदै सलेण्डर गरेको  डकुमेण्ट सहितका सबै  प्रमाणहरू ऊर्जा मन्त्रालयमा  पेस  गरेका  थिए । ऊर्जा मन्त्रालयले शर्माले पिआर त्यागेको र पिआर कार्ड सलेण्डर गरेको सम्पूर्ण प्रमाण  सहितको  विवरण त्यति बेलै सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो । ऊर्जाले शर्माले पिआर त्यागेको प्रमाण सहितका सबै विवरण त्यति बेला नै सामान्य प्रशासन मन्त्रालयमा पेस गरेपछि शर्मासँग अमेरिकाको कुनै पिआर नरहेको स्पष्ट भएको थियो ।

‘अतः म सँग अमेरिकाको  कुनै स्थायी रूपमा बसोबास गर्ने अनुमति(पिआर) तथा नागरिकता नभएको ब्यहोरा समेत अनुरोध गरेको छु।’ ’तत्कालीन ऊर्जा सचिवलाई सम्बोधन गरी लेखिएको शर्माको पत्रमा भनिएको छ। सामान्य प्रशासन मन्त्रालयले पनि कि पिआर त्याग्नुपर्ने कि जागिर त्याग्नुपर्ने गरी लगाएको नियम अनुसार शर्माले पिआर त्यागेको र सरकारको नियमको  पूर्ण पालना गरेको भन्दै सामान्य प्रशासन मन्त्रालयका  अधिकारीहरूले शर्मालाई धन्यवाद दिएका थिए।

पिआर भएका सरकारी कर्मचारीलाई  कारबाही गर्ने नीति ल्याउने तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समेत सहसचिव शर्माले पिआर त्यागेको प्रमाणहरू पेस गरी राष्ट्र सेवामा नै समर्पित हुने गरी इमानदारता देखाएको  भन्दै शर्मालाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्