सुनकाे मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा चार हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ। शुक्रबार तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस्