पुलिस र हेल्प नेपालद्वारा उपाधि रक्षा



काठमाडौं ।

आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा नेपाल पुलिस क्लब र हेल्प नेपालले उपाधि जितेका छन् । यी दुबै टोली गत संस्करणमा पनि विजेता थिए। शनिबार भएको फाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई हराएको हो।

यस्तै हेल्प नेपालले गण्डकी प्रदेशलाई हरायो। योसँगैं विजेता टोलीले समान ८–८ लाख प्राप्त गरे भने उपविजेता टोलीले ४÷४ लाख प्राप्त गरे। महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस क्लब तेस्रो भए । यी टोलीहरूले जनही २ लाख रुपैयाँ पाए।

महिलातर्फ पुलिसले लिगमा कुनै खेलमा हार नबेहोरेको टोली एभरेष्टलाई ३–२ सेटमा हराएको थियो । पुरुषतर्फ भने हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्‍यो। गण्डकीले लिगमा कुनै खेल गुमाएको थिएन।

महिलातर्फ उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका पाकिस्तानी खेलाडी मसुर राजा बट्टो सर्वोत्कृष्ट खेलाडी बनेर जनही ५० हजार रुपैयाँ पाए । लिबेरोमा महिला तर्फ पुलिसकी शान्तिकला तामाङ र पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट घोषित भई जनही ३० हजार रुपैयाँ पाए।

प्रतिक्रिया दिनुहोस्