आयोजकको दुवै टोली प्रिक्वाटरमा



काठमाडौं ।

आयोजक हेराल्ड इन्टरनेसनल कलेजको ‘ए’ र ‘बी’ दुवै टोली हेराल्ड एसईई कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिनियर ब्वाइजमै भ्याली पब्लिक, ग्रिनल्यान्ड, गोल्डेनपिक, स्कोलर्स होम, जेबी, ड्रिम वान, न्युटन, नेपाल मोडल, किङडम हिमालयन, एचएचसीए, पञ्चायण, लालीगुराँस नेसनल एकेडेमी, फोर इडियट्स र हुपर्स पनि प्रिक्वाटरफाइनलमा पुगे ।

प्रतियोगितामा १ सय १७ टिमको सहभागिता रहेको छ । दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोली खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । प्रतियोगिता आइतबारसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्